Sunday, September 22, 2013

Press meet on SWEET CUP Badminton Tournament

प्रेस विज्ञप्ति

पांच वर्ष अगाडी केही जांगरिला युवाहरु भेला भइ शारिरिक सु–स्वास्थ्यको लागि ब्याडमिण्टन खेल खेल्न समूह गठन भई शुरु भएको स्वीट क्लब,भक्तपुर जिल्ला प्रशासन कार्यालयमा बि.सं. २०६९ मा दर्ता हुंदा स्वीट सर्कल ,भक्तपुर नाम नामांकन भएको एक खेलकुद एवम सामाजिक कृयाकलापमा सक्रिय क्लब हो । यस सर्कल स्थापना काल देखि नै खेलकुद लगायत विभिन्न कृयाकलापहरुमा सक्रिय हुंदै आएको छ । यस क्लबले विगतमा स्वास्थ्य शिविर सञ्चालन र परिसर सरसफाई जस्ता कृयाकलापहरु सफलता पूर्वक सञ्चालन गरि सकेको छ । विभिन्न टिम,क्लब  र संस्थाहरुले सञ्चालन गरेका ब्याडमिण्टन प्रतियोगिताहरुमा सहभागी भई विभिन्न विधाहरुमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गरि विभिन्न पुरस्कारहरु पनि प्राप्त गरि सकेको छ । यस स्वीट सर्कलले खेलकुद विकास र सामाजिक कृयाकलापमा सकृय रही सामाजिक विकृति र विसंगतिलाई कम गरि युवा वर्गमा अनुशासन जवाफदेहिता र राष्ट्रिय भावना विकास गर्ने उद्देश्य लिएको छ ।

यस स्वीट सर्कलले शुभ विजया दशमी २०७० को उपलक्ष्यमा मित्रता, अनुशासन र राष्ट्रियताको लागि आगामी असोज १२ गते देखि १९ गते सम्म भक्तपुर जिल्ला ब्यापी खुल्ला स्वीटकप ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । दशै जस्तो महान चांडमा अनावश्यक क्षेत्रमा युवाहरु नलागोस् भनि यस प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा सयौं खेलाडीहरु सहभागी हुने र हजारौं दर्शकहरु प्रतियोगिता अवलोकन गर्न आउने हुंदा यसले असामाजिक कृयाकलाप नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिएको छ । यस प्रतियोगिता भक्तपुर जिल्ला कै पहिलो नगद पुरस्कार सहितको प्रतियोगिता हुने छ । यस प्रतियोगिता जिल्ला ब्यापी भएता पनि जिल्लाका सरकारी र गैर सरकारी संघ संस्थाहरुमा कार्यरत खेलाडीहरुले समेत भाग लिन सक्ने भएकोले यो प्रतियोगिता बृहत हुने अनुमान गर्न सकिन्छ । यस प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, भेत्रान्स एकल र भेत्रान्स युगल गरि चार विधाहरु समावेश हुने छ । प्रतियोगिताका सबै खेलहरु ध्द्यँ को नियमानुसार बेस्ट अफ थ्रीको आधारमा खेलाइनेछ । साथै सम्पूर्ण खेलहरु नकआउट हुनेछ । भेत्रान्स विधामा सहभागी हुन ४५ वर्ष पूरा हुनु पर्नेछ । यस प्रतियोगिताका विभिन्न विधाहरुमा प्राप्त गर्ने पदकहरुको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानको समूह निर्धारण गर्नेछ । पहिलो हुने समूहलाई स्वीट कप सहित नगद पुरस्कार दोस्रो र तेस्रोलाई नगद पुरस्कार प्रदान गर्नेछ । यसका साथै सबै चारै वटा विधाहरुमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई पदक र प्रमाण पत्र प्रदान गर्नेछ । यो प्रतियोगिता सञ्चालन गर्न प्रचार प्रसार व्यवस्थापन खेल सामग्री पुरस्कार प्रमाण पत्र अतिथि सत्कार उद्घाटन समापन कार्यक्रम सहितको लागि लगभग ३ लाख ८२ हजार रुपैया खर्च लाग्ने अनुमानित बजेट तयार भएको छ ।

यस प्रतियोगिताले भक्तपुरका सम्पूर्ण ब्याडमिण्टन खेलाडीहरुलाई एकै ठाउंमा भेला हुने अवसर प्रदान गर्नुका साथै खेलाडीहरु बीच मित्रवत प्रतिस्पर्धा गरि आफ्नो खेल परिमार्जन गर्न अवसर समेत प्रदान गर्ने छ । विगतमा जिल्ला व्यापी प्रतियोगितामा संघ संस्थामा कार्यरत खेलाडीहरुले सहभागी हुने अवसरबाट बञ्चित हुनेमा यस प्रतियोगिताले यी खेलाडीहरुलाई समेत अवसर प्रदान गरेर खेलको स्तरलाई अझ विकास गर्ने विश्वास लिएका छौं । प्रतियोगितामा नगद पुरस्कारको व्यवस्थाले खेलाडीहरु अझ उत्साहित हुने र प्रतियोगिता पुर्ण प्रतिस्पर्धात्मक हुने विश्वास लिएका छौं । यसर्थ यस स्वीट सर्कलको आयोजनामा हुन गईरहेको भक्तपुर जिल्ला व्यापी खुल्ला ब्याडमिण्टन प्रतियोगिता सफलता पूर्वक सञ्चालन गर्न सम्पूर्ण खेलाडी, खेलप्रेमी, टिम क्लब, व्यवसायी, संघ संस्था र पत्रकारहरुबाट समेत भौतिक आर्थिक र नैतिक समर्थनको अपेक्षा गरेका छौं । यस प्रतिययोगितको सम्पूर्ण जानकारी www.sweetbkt.blogspot.com बाट पनि प्राप्त गर्न सकिनेछ । धन्यवाद ।

स्वीट सर्कल, भक्तपुर

No comments:

Post a Comment